
फागुन ३०, जुम्ला । बाजुराका युवा जुम्लाको होटेलभित्र मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा बाजुरा जगनाथ नगरपालिका-६ कोटगाटी गाउँका २८ वर्षय धिरज विष्ट रहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।
मंगलबार बिहान ७ बजे श्रीमती उज्जनाले उठाउन जाँदा मृत भेटिएको सहायक प्रमुख रिजालले बताइन् ।

उनीहरु दुबै श्रीमान श्रीमती उज्जनाको स्वास्थ्य उपचार गर्न जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए । र उपचारको क्रममा जुम्ला चन्दननाथ-४ मा अवस्थित तिला कर्णाली अर्ग्यानिक होटेलमा आइतबारदेखि बास बसेका थिए ।