चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु द्रोणाचल क्याम्पस दुल्लु

सुर्खेत फागुन २९ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा द्रोणाचल क्याम्पस दुल्लुमा अनेरास्ववियुकाे अध्यक्षका उम्मेदार मदन थापा सचिव केसर नेपाल कोषाध्यक्ष भगवती कुमारी शाहि लगाएत ५ जना सदस्यहरूकाे उमेदारी दर्ता गराएका छन ।

बिद्यार्थीको हक र हितका लागि सधैं लडिरहेको र अझै पनि लडिरहने द्रोणाचल क्याम्पस दुल्लुमा अनेरास्ववियुकाे अध्यक्षका उम्मेदार मदन थापा बताएका छन् । उनले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले नै जित हासिल गर्ने दावी गरेका छन् ।

उनले भने हामीले क्याम्पसमा हुने विद्यार्थीहरूका हरेक समस्यालाई सामाधन् गर्दैआइरहेका छाै । रात दिन हाम्राे संगठन बिद्यार्थीहरूका बिचमा छ त्यसैले पनी हाम्राे जित हुनेमा शंखै छैन । हाम्राे उमेदवारी हाम्रा लागि हाेइन, बिभिन्न समयमा देखिने बिद्यार्थीहरूका समस्या समाधानका लागि हाे र हामीले यि समस्या समाधान गर्ने बाचा सहित यो उम्मेदवारी दिएका छाै ।

अध्यक्ष थापा भन्छन्, याे उम्मेदवारी कुनै राजनीतिक दल लागि नभएर विद्यार्थीको लागि हाे । हामीले हिजाे पनी विद्यार्थीका हितका लागि मात्रै काम गर्याै र भाेली पनी विद्यार्थीकै लागि काम गर्ने छाै ।

द्रोणाचल क्याम्पस अनेरास्ववियुकाे तर्फबाट निम्नानुसारका प्रतिबदताहरू रहेकाे अध्यक्ष थापाले बताएका छन् ।

क्याम्पस स्तरमा हुने स्वार्थनिहित अराजक गतिवधि, संगठनको आन्तरिक मतभेदले सिर्जना गरेको द्वन्द्वको शिकार विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी हुनु हुदैन।

कुनै पनि अराजक तत्व माथि नेतृत्वले दिएको संरक्षण निन्दनीय रहनेछ र नियोजित तरिकाले गरिने संगठन माथिको प्रहारले नेतृत्वलाई कदापि भलो हुदैन।

नेतृत्वले संगठन निर्माण र वैचारिक बहस,आधुनिक शैक्षिक जागरण जस्ता विषयमा बढी जोड दिन सक्ने हो भने संगठनको दीर्घकालीन अस्तित्व कायम रहन सक्छ ।‍