
फागुन २८, सुर्खेत | पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १० को वडा कार्यलयले मदन भण्डारी राजमार्ग अन्तर्गतका घर टहरा,शौचालय तथा रुख बिरुवा तिन दिन भित्र हटाउन अनुरोध गरेको छ। आज वडा कार्यालयले एक सुचना जारि गर्दै तिन दिन भित्र हटाउन अनुरोध गरेको हो ।

मदन भादारी राजमार्ग अन्तरगत १० नम्बर वडा भित्र पर्ने अरु सबैले घर टहरा तथा शौचालय हटाय पनि तिन चार जनाले अटेरी गरि हाल सम्म पनि घर टहरा नहटाएको हुदा वडा कार्यालय बाध्य भएर तिन दिनको सुचना निकाले गुर्भाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष थमान खत्रीले जानकारी दिनु भयो। ३ दिन सम्म पनि घर टहरा तथा शौचालय नहटाए वडाले आबश्यक प्रक्रिया अगाडी बढाउने समेत उहाले जानकारी दिनु भयो।