राष्ट्रिय युवा संघ नेपाल दैलेखको अध्यक्षमा जीवन शाही

फागुन २८, दैलेख । राष्ट्रिय युवा संघ नेपाल दैलेख नयाँ कार्यसमिति चयन गरेको छ । ८औ रास्टिय युबा संघ नेपाल दैलेख जिल्ला अधिबेशन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मतरुपमा जिल्ला कमिटी सयोजकमा जीवन शाही चयन भएका छन् ।

त्यस्तै सहसयोजकमा हिक्मत ओली चयन भएका छ्न् । सचिवमा चेतन जैसी, सह-सचिवमा देवेन्द्र बहादुर शाही चयन भएका छ्न् ।

सहसचिव गोबिन्द गुरुङसहित ३८ सदस्यीय कार्यसमिति घोषणा गरेको नव निर्वाचित सह-सचिव देबेन्द्र बहादुर शाहीले लाइका खबर दैलख संवाददातालाई जानकारी दिएका छ्न् ।