नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण सोमबार दिउँसो १ बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो १ बजे लिने भएका छन् ।

राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।

संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका छन् ।

पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।