सल्यानको कालिमाटी गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

फागुन २६, सुर्खेत । सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ६ ले वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडा कार्यालय र नबिल बैक कालिमाटी शाखाका कर्मचारीको समन्वयमा उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कालिमाटी गाउ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिनु भयो ।

वडा कार्यालयले वडामै कार्यक्रमको आयोजना गरि वडा भित्रका ३०१ जना लाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडा भित्र सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई नबिल बैकको कार्यालय कालिमाटी गाउपालिका ३ रामपुर जानु पर्ने बाध्यता लाई अन्त्य गर्दै वडा कार्यालयको अनुरोध र बैकको समन्वयमा वादामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो। वडामै सामाजिक सुरक्षा भत्ता लिन पाउदा नागरिकले खुसि ब्यक्त गरेका छन्।