कर्णाली केयर हस्पिटल र सुर्खेत हेराइजन एकेडेमीबीच उपचारमा छुट दिने सम्झौता

फागुन २५, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली केयर हस्पिटल र वीरेन्द्रनगरको गण्डकी लाइन स्थित सुर्खेत हेराइजन एकेडेमी स्कुलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

फागुन २० गते स्थापना दिवसको अवसरमा सुर्खेत हेराइजन एकेडेमीले कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीसँग विशेष अफरसहित उपचारमा छुट दिने गरी सम्झौता भएको हो ।

सम्झौतामा दुबै पक्षले आफ्नो आफ्नो सम्झौता फाईल एक अर्काले हस्तान्त्रण गरेका थिए ।

सम्झौतामा विद्यालयसँग सम्बंधित व्यक्ती स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी, विद्यार्थी र विद्यार्थीका अभिभावकको उपचारका लागि कर्णाली केयर हस्पिटलमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धी आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले जानकारी दिएका छ्न् ।

कर्णाली केयर इन्टरनेशनल हस्पिटलले विद्यालयसँग सम्बन्धित व्यक्तिलाई उपचारका विभिन्न शिर्षकमा ५% देखि ३५% प्रतिशितसम्म छुट दिनेछ ।

विद्यालय परिवार ठुलो भएको हुँदा कसैलाई स्वास्थ समस्या परेमा उपचारमा सुलभ र सहज होस् भन्नका लागि उक्त सम्झौता गरिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।