हुम्लामा शंकास्पद वस्तु फेला: बम भएको आशंका

फागुन २६, हुम्ला । हुम्लामा शंकास्पद वस्तु फेला परेका छ ।

जिल्लाको सिमकोट गाउँपालिका-७ पानीभर्ना चौर स्थित हिल्सा सिमकोट सडक खण्डको छेउमा शंकास्पद बस्तु फेला परेको हुम्ला प्रहरीले जनाएको छ । प्रहरीले उक्त वस्त बम भएको आशंका गरेकाे छ ।

स्थानिय धर्मबहादुर शाहीले बम जस्तो देखिने बस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

उक्त वस्तुको अनुसन्धान र व्यवस्थापनका लागि प्रहरी चौकी धारापोरीले नेपाली सेना बरादल गुल्म हुम्लालाई जानकारी गराइ सकेकोे छ ।