आज ८०० रुपैयाँले पुनः बढ्यो सुनको मूल्य

फागुन २६, काठमाडौँ । लगातार घटेको सुनको मूल्य शुक्रबार फेरी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३ हजार ३ सय र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १२२० रुपैयाँमा कारोबार भइरहेको छ ।