राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

फागुन २५, काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा मतगणना सुरु भएको हो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ ।

राष्ट्रपतिको लागि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको लागि पौडेल र नेम्वाङ उठेका थिए ।