प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाशमा

फागुन २५, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाशमा परेको छ ।

पीडितहरुले फागुन २३ मा प्रचण्ड विरुद्धको रिट दर्ता गरेका थिए । उक्त रिट आज बिहीबारका लागि पेश गरिएको थियो ।

माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा १७ हजारमध्ये ५ हजार हत्याको मात्रै जिम्मेवारी आफूले लिने धारणा राखेका थिए ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनु पर्ने निवेदकको माग छ ।