कालिकोटमा नारी दिवसको अवसरमा उमेर पुगेर बिवाह गरेकि दुई युवती पुरस्कृत

फाल्गुन २५, कालिकोट । कालिकोटमा उमेर पुगेर बिवाह गरेकि दुई युवतीलाई नारी दिवसको अवसरमा गाउँपालिकाले पुरस्कृत गरेको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका-७ ले उमेर पुगेर बिवाह गरेकि दुई युवतीलाई फागुन २४ गते नारी दिवसको अवसर पारेर नगद सहित पुरस्कृत गरेको हो ।

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुचको बिस्तार” भन्ने मुल नाराका साथ कार्यक्रम सुरु गरिएको थियो ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक नारि दिवसको अवसरमा वडा नम्बर ७ मा आयोजित कार्यक्रममा २० वर्ष पुगेर मात्र बिवाहा गरेकि जानकी भट्टराई र बिमला बिकलाई नगद दस/ दस हजार सहित सम्मान गरेको छ ।

कालिका महिला संजालकि सचिव मनकौरा शाहिको सभाध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य अप्सरा कुमालको प्रमुख आथित्यतामा, वडा नं ७ का वडा अध्यक्ष प्रेम ब. शाहि र वडा नं ८ का वडा अध्यक्ष दिपराज महताराको बिशेष आथित्यतामामा शुभकालिका गाउपालिका वडा नं ७ र ८ मा महिला संञ्जालको संयुुक्त आयोजनामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वडा नं ७ र ८ का जनप्रतिनिधि, बालसंजाल, किशोरी समूह लगायत सम्पुणर् महिला हरुको उपस्थिति रहेको थियो ।