राष्ट्रपतिको निर्वाचन १० बजेदेखि सुरु भयो

फागुन २५, काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान आज बिहीबार बिहान १० बजेदेखि सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म मतदान हुने भएको छ ।

सङ्घीय संसद् अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।