समवेदना दिन क्रियापुत्री भवनमा केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न क्रियापुत्री भवनमा पुगेका छन् । भाइको निधनको शोकमा रहेका नेपाल र उनको परिवारलाई समवेदना दिन ओली क्रियापुत्री भवन पुगेका हुन् ।

गएको शनिबार सहोदर भाइ सरोजकुमार उपाध्यायको मृत्युको कारण अध्यक्ष नेपाल किरियापुत्री भवनमारशहेका थिए । शंखमुलको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर उपाध्यायको निधन भएको थियो ।

राजनीतिक सम्बन्ध नमिलेपछि टाढिएका ओली र नेपाल बिच अहिले केहि समय पछि नजिकको सम्बन्ध भएको छ भने भेटवार्ता हुन लागेको छ । आज भने उनीहरु बिच व्यवहारिक भेट भएको हो ।