सुर्खेतमा नेपाल महिला संघ जिल्ला कमिटी सम्पन्न

फागुन २४, सुर्खेत । सुर्खेतमा नेपाल महिला संघ जिल्ला कमिटी मंगलबार सम्पन्न भएको छ ।

नेपाल महिला संघ जिल्ला कमिटी सुर्खेतमा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनबाट सर्वसम्मत अध्यक्षमा कमरेड टीका अधिकारी निर्वाचित हुनुभएको छ ।

छैटौं जिल्ला सम्मेलनमा उपाध्यक्षमा कमरेड गोमा पौडेल, कमरेड तारा भण्डारी र सचिव कमरेड सान्ति छन्तेल, सहसचिव कमरेड यमुना नेपाली, कोषाध्यक्ष कमरेड बिमला थापा निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा सहभागि कमरेड अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष लगायत अन्य ६१ जनाको टिमलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिईएको छ ।