जुम्लाको पातारासीमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण हुँदै

फागुन २४, जुम्ला । जुम्लाको पातारासीमा हाईअल्टिच्युट टे्रनिङ्ग सेन्टर निर्माण हुने भएको छ ।

२ हजार ८ सय मिटर उचाइमा रहेको पातारासीको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ सेन्टर बन्ने भएको हो ।

पातारासी गाउँपालिका-३ स्थित लोठचौरम हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको शिलान्यास गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताएकी छन ।

यो आर्थिक बर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएपछि उपभोक्ता समितिमार्फत् काम संचालन हुने भएको छ ।

उपाध्यक्ष रोकायाले भनिन् , लोडचौरमा निर्माण हुने हाईअल्टिच्युट बिचमा तातोपानी गाउँपालिकाको टोप्लामा सारिएको थियो । पुन अहिले लोठचौरमा नै निर्माण हुने गरि काम अगाडि बढेको छ ।’ पुर्व पशुपन्छी विकास मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम (कुवँर) को विशेष पहलमा पातारासीको लोठचौरमा हाईअल्टिच्युट सेन्टर बन्ने लागेको उपाध्यक्ष रोकायाले जानकारी दिएकि छन् ।