एकैदिन तोलामा १ हजारले घट्यो सुनको मूल्य, चाँदीको कति?

फागुन २४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

यस अघि मंगलबार तोलामा १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।