सुर्खेत, हुम्ला र रुकुम पश्चिम कर्णालीका तीन जिल्लामा तीन शव फेला

फागुन २४, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा तीन जनाको शव फेला परेको छ ।

सुर्खेत, हुम्ला र रुकुम पश्चिम गरी तीन जिल्लामा शव फेला परेको हो ।

सुर्खेतको लेकबेशी नगरपालिका-६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला परेको छ ।

सुर्खेतमा भेटिएको उक्त शव भेरीगंगा नगरपालिका-४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्रीको रहेको र मृतकको छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको सुर्खेत प्रहरीले जनाएको छ ।

यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका-२ उनापानी स्थित कर्णाली नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-५ गोरे भिरमा पनि एक जनाको पहिचान नखुलेको अन्दाजी ४०/४२ वर्षीय पुरुषका शव फेला परेको प्रहरीले जनाएको छ ।

तीनवटै घटनाको बारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।