याेगदान रास्ट्रका लागि (CNF) बाँके जिल्ला अध्यक्षमा दिपक रेग्मी चयन

योगदान राष्ट्रको लागि (CFN) बाँके Gopal sharmaयोगदान राष्ट्रको लागि बाँके जिल्ला नयाँ कार्यसमिति गठन गरिएको छ ।

योगदान राष्ट्रको लागि संस्थापक अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल र केन्द्रीय सल्लाहकार मिम बहादुर सिंह ठकुरीको उपस्थितिमा बसेको बैठकले योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा दिपक रेग्मी र सचिवमा हिरामणी दाहाललाई सर्वसम्मत मनोनीत गरेको हो ।

हाल विभिन्न जिल्लामा सक्रिय रुपमा कार्यरत यस संस्थाले प्राथमिक उपचार सम्बन्धमा विविध कार्यक्रमहरु प्राथमिकताका साथ गर्दै आईरहेको छ ।

साथै सामुदायिक स्तरमा सामाजिक सचेतनाका कार्यक्रममा पनि यस संस्थाले उल्लेखनीय काम गरिरहेको छ ।आउँदा दिनहरूमा थप सामाजिक कार्यक्रमहरू गर्दै जाने संस्थापकले बताएका छन् ।