राष्ट्रिय प्रशारण लाईनमा जाेडियाे राकम कर्णाली

फागुन २३, कालिकोट । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा पहिलोपटक विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरिएको छ । दैलेखको दुल्लुबाट जम्बुकांध हुँदै तिलेपाटा देखि राकम कर्णालीमा ११ के.भि विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान गरीएको हो ।

आठबिस नगरपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान भएपछि स्थानिय खुसी भएका छन् । आठबिस नगरपालिकाे पहलमा पहिलोपट विद्युतको वत्ती बाल्न सफल भएको आठबिस नगरपालिकाका उपमेयर कल्पना थापाले बताईन् । दैलेख वितरण केन्द्रका अनुसार दैलेखका ११ वटै पालिकाकाे केन्द्रमा विद्युत पुगिसकेको छ ।

नयाँ आर्थिक वर्षमा ९१ वटै वडाहरुमा विद्युतको पहुँच पुगाउने गरि काम भईरहेकाे दैलेख विद्युत वितरण केन्द्रका प्रमुख गाैरव पाण्डेले बताए । उनले भने, “जम्बुकांधदेखि राकम कर्णालीसम्म करिब ४ कराेड लगानिमा निर्माण कार्य सम्पन्न भएको छ। अब वडामा विद्युत जडान हुदैछ ।”

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ५०के.भि.ए र १०० के.भि.ए का दुईवटा टास्फर्मर जडान गरि सवस्टेसन सञ्चालनमा आएको छ । कर्णाली प्रदेसका मुगु, हुम्ला, र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छैन । २०७८ साल जेठ २५ गते कालिकोटमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको थियो । त्यस लगतै जुम्लामा पनि विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेको छ।