गुराँस ८ दैलेखमा बिबाह गर्दा वडाकाे अनुमती लिनुपर्ने

दैलेखकाे गुराँस गाउँपालिका वडा नम्बर ८ मा बिबाह गर्दा वडाकाे अनुमती लिनु पर्ने भएकाे छ । वडा कार्यालयले एक सुचना जारी गर्दै साे कुराकाे जानकारी गराएकाे छ । वडा अध्यक्ष दिपेन्द्र वलीका अनुसार अाफ्नाे वडामा बाल बिबाहलाइ बन्देज गरिएपनी यसलाइ अझ प्रभावकारी बनाउनका लागि याे कदम चालिएकाे हाे ।

उनले भने हामीले बिबाहपुर्व नै अनुमती लिनुपर्ने बनाइदिएपछी अब बालबिवाह गर्ने अाँट कसैले गर्ने छैनन र सिफारिस गर्दा उमेर, दुवै जनाकाे राजिखुसी, पारिवारिक वातावरण सबै खुल्ने भएकाे कारण बिबाहका कारण अाउने अन्य समस्यामा समेत कमी अाउने छ ।