हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी

फागुन २३, हुम्ला । हुम्लामा हेलिकोप्तरबाट नुन ढुवानी भएको छ ।

साल्ट टेडिङ कर्पोरेशनद्वारा जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट ढुवानी भएको हो ।

पैदल मार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका-४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी गरिएको हो ।

कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाका अनुसार हेलिकोप्टरबाट ढुवानी भएको अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको बताए ।