दैलेखमा दुईजना छिमेकीको कुटपिटले एक जनाको मृत्यु

फागुन २३, दैलेख । दैलेखमा दुईजना छिमेकीको कुटपिटले एक जनाको मृत्यु भएको छ ।

दैलेख नारायण नगरपालिका-११ बिजौरा भन्भने बस्ने २६ वर्षीय तुल बहादुर सिंह र २१ वर्षीय भुपेन्द्र बहादुर सिंहले ५२ वर्षीय गगन बहादुर बि.क.लाई कुटपिट गर्दा घाइते भएका बि.क.को उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार राती १० बजे तिर तुल ब. सिंह र भुपेन्द्र सिंहले बि.क.लाई कुटपिट गर्दा निजको टाउको, निधार र शरीरमा चोट लागेर घाइते भएका बि.क.लाई उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा ११ः५० बजे बि.क.को मृत्यु भएको प्रहरी शव निरक्षक विजय वलीले बताए ।

कुटपिट गरेर फरार भएका दुबै जनालाई दैलेख नारायण-७ स्थित जङ्गलबाट प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरी रहेको छ ।