मध्यपश्चिम बोर्डिङ्ग स्कुलकाे अबिभावक भेला सम्पन्न

वीरेन्द्रनगरको मध्यपश्चिम बोर्डिङ्ग स्कुल र वीरेन्द्रनगर टेक्निकल इन्स्टिच्युटले संयुक्त रूपमा अभिभावक दिवस मनाएको छ । नर्सरी देखी कक्षा १० सम्म पठन पाठन गराउँदै आएको सो बिद्यालयले आईतबार अभिभावक दिवसको मनाएकाे छ । एक कार्यक्रमको आयोजना गरी विभिन्न सांगीतिक कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसकोआवसरमा सबै अबिभावक र बिद्ययार्थीहरुलाई बिद्ययालयमा बोलाएर नाचगान कार्यक्रम तथा उत्कृष्ट विद्यार्थी लाई पुरस्कार समेत बितरण गरेको थियो । उक्त कार्यक्रमा बिद्ययालय प्रध्यापक मिम बहादुर खड्का प्रमुख अथिती रहेका थिए भने विभिन्न विद्यालयका शिक्षक शिक्षिका हरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्ना बिभिन्न बिधामा अब्बल बिद्ययार्थीहरुलाई पुरस्कार पनि बितरण गरिएको थियो । खड्काले उक्त कार्यक्रममा सम्बोधन गर्दैै आफ्ना नानी बाबुहरुलाई शिक्षण सिकाईमा प्रत्यक्ष सहयोग गर्न अबिभावकहरुलाई समेत आग्रह गरेका थिए । बिद्ययालयमा नियमित हाजिर भई बिद्ययार्थीहरुलाई उत्कृष्ट अध्यापन गराउने शिक्षक र अभिभावकहरु अग्रसर हुन पर्ने बताएका थिए । कार्यक्रममा विभिन्न बिद्ययालयका शैक्षिक क्षेत्रका बिभिन्न बिशिष्ट ब्यक्तीहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमका केही (तस्विर)