स्ववियु निर्वाचनमा शुल्क ताेकिएकाे प्रती नेपाल क्रान्तिकारी विद्यार्थीसंघकाे अापत्ती

स्ववियु निर्वाचनमा शुल्क ताेकिएकाे भन्दै नेपाल क्रान्तिकारी विद्यार्थीसंघले बिज्ञप्ती जारी गरेकाे छ । अध्यक्ष राजन बि.क. द्वारा हस्ताक्षरीत बिज्ञप्तीमा संगठन दर्ताका लागि दस्तुर ताेकिएकाे भन्दै ध्यानाकर्षण भएकाे उल्लेख गरेकाे छ ।

बिज्ञप्तीमा भनिएकाे छ, स्थानिय, प्रदेश तथा संघकाे निर्वाचनमा समेत दल दर्ताकाे लागि कुनै शुल्क ताेकिएकाे थिएन । संघकाे चुनावमा दर्ता शुल्क ताेकिनु खेद जनक छ । संगठनले दर्ता शुल्क खारेजीकाे लागि जाेडदार माग गरेकाे उल्लेख गरेकाे छ ।