१८ गते बाट भेरिगंगामा संचालित निःशुल्क स्वास्थ्य शिविर आज समापन

फागुन २१, सुर्खेत । सुर्खेतको भेरिगंगा नगरपालिकामा संचालित निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर आज सकिएको छ । उक्त कार्यक्रम फगुन १८ गतेबाट सञ्चालन भएको थियो ।

नेपाल एपिएफ अस्पतालको आयोजनामा सुरु भएको चार दिने निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ कार्यक्रमको अन्तिम दिन सुर्खेतको भेरिगंगा नगरपालिका स्थित छिन्चु स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्तममा भेरिगंगामा कार्यरत विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको थियो । शिविरको पहिलो दिन ७३७, दोस्रोे दिन १०७२, तेस्रो दिन १११४ र अन्तिम दिन ५४२ गरी जम्मा ३४६५ जना महिलाहरुले सेवा लिएका छन् ।