भारतमा नेपाली विद्यार्थीको इनारमा भेटियो शव

भारतमा अध्ययनरत एक नेपाली विद्यार्थीको शब इनारमा फालिएको अवस्थामा फेला परेको छ । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको छ ।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए । गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको मृतकका छिमेकी दिपक खड्काले बताएका हुन् ।