दैलेखको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा भगवतीमाईका २ हजार जना बढिले लिए सेवा

फागुन २१, दैलेख । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा र्दुइदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

गाउँपालिकामा सञ्चालन भएको र्दुइदिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार भन्दा बढिले निःशुल्क सेवा लिएका छन ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट गाउँपालिकाका २१४२ जना स्थानियले निःशुल्क सेवा लिएको गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाले आगामी दिनमा पनि यस्ताखालका कार्यक्रममा निरन्तरता दिने भन्दै आफूहरु जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।

स्वास्थ्य शिविरमा बिरामीलाई सम्बधित डाक्टरले नाक, कान घाँटी जाँच गरेर निःशुुुुुुुल्क औषधी वितरण गरेको डा.देवेन्द्र आचार्यले बताए ।

यस स्वास्थ्य शिविरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आउने बिरामीहरुलाई अस्पतालले बेड चार्जमा ५० प्रतिशत र अन्य चेकजाँचमा २५ प्रतिशत छुट दिने अस्पतालका सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले बताए ।

उक्त शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाकका प्रमुख प्रा.डा. ढुण्डीराज पौडेल, कान घाँटीका प्रमुख डा.कविर बास्तोला, मेडिसिन विभागका प्रा.डा. रेवतीरमण मल्ल, डा.देवेन्द्र आचार्य, वरिष्ठ स्त्रीरोग विशेषज्ञ होमनाथ अधिकारी, डा. कृति बेल्बासे, रेडियोलोजीतर्फ डा. हरि सापकोटा, डा. प्रीति यादव,डा. आभा भट्टलगायले सेवा प्रदान गरेका थिए ।