सवारी दुर्घटना हुदा दुई जनाको मृत्यृ

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी-३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्षले बताएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण बोलेरो अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । पाँच जना यात्रु क्षमता भएको बोलेरोमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ ।