सुर्खेतको भेरीगंगामा पावर लिफ्टिङ खेल प्रतियोगिता हुने

फागुन २१, सुर्खेत । सुर्खेतको भेरीगंगामा पावर लिफ्टिङ खेल प्रतियोगिता हुने भएको छ ।

भेरीगंगा नगरपालिकाको नगर खेलकुद विकास समितिले छैटौं मेयरकप प्रतियोगिता अन्र्तगत सो खेल समावेश गरेको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय मूल नारालाई आतमसात गर्दै नगर खेलकुद विकास समितिले पुरुपलाई जूनियर र ४५ वर्ष माथिका सिनियर, महिलातर्फ ५५ केजी मुनिका ५५.१ देखि ६३ केजीसम्म र ६३ केजी भन्दा माथिका खेल समुहमा खेल खेलाउने आयोजना गर्न लागेको हो ।

नगर खेलकुद विकास समितिका सदस्य गौरी घर्तीको प्रस्तावमा यो खेल कर्णाली प्रदेशमा पहिलो पटक खेलाइदै छ ।