गुर्भाकोटमा संचालित निशुल्क आखा शिविरमा १५३ जनाले सेवा लिए

फागुन २१, सुर्खेत । पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा संचालन भएको एक दिने बृहत आँखा शिविरमा १५३ जनाले सेवा लिएका छन् ।

यस्तै ६० जनाको मोतिबिन्दुको सफल उपचार गरिएको थियो, भने सुगर र प्रेसरको कारणले दृस्टीपर्दा कम भएका ७ जना बिरामीको बिशेषज्ञ डाक्टरद्वारा सफल उपचार गरिएको सामुदायिक आँखा उपचार केन्द्र सर्जिकल सेन्टर मेहेलकुनाका प्रमुख दिपेन्द्र साहानीले जानकारी दिनु भयो ।

अन्य बिरामी लाई बिशेषज्ञ डाक्टर चेक जाच गरि औषधि तथा चस्मा वितरण गरिएको थियो । यहि फागुन २० गते सम्पन्न भएको बृहत आखा शिविर बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म संचालन भएको थियो ।

नेपाल नेत्र ज्योती संघ, एकीकृत आँखा तथा कान उपचार कार्यक्रम सुर्खेतको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पताल वीरेन्द्रनगर सुर्खेत र सामुदायिक आखा उपचार केन्द्र मेहेलाकुनाको प्राबिधिक सहयोगमा बृहत आँखा शिविर संचालन भएको थियो ।

सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) मेहेलकुना सुर्खेतको आयोजनामा शिविर संचालन हुन लागेको हो ।

बृहत आँखा शिविर संचालन भएको स्थान सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर ) मेहेलकुनामा नेपालि कांग्रेस उपसभापति पूणर् बहादुर खड्का, गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तापुन उप-प्रमुख मैना बिक लगाएतको उपस्थिति रहेको थियो ।