वीरेन्द्रनगर वडा नं ३ का अध्यक्ष विष्टमाथि हातपात

नन्दकेश अधिकारी, फागुन २०, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनाेद सिह बिष्टमाथी हातपात भएको छ ।

विरेन्दनगर नगरपालिका वडा नं ३ काे सरस्वती टाेलमा रहेको एक सडककाे कच्ची नाला खन्ने क्रममा विवाद उत्पन्न भएपछि अध्यक्ष बिष्ट माथि हातपात भएको हाे ।

मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत उप सचिव बताउने नेत्र बहादुर कार्कीले अध्यक्ष बिष्टमाथी हातपात गरेका हुन् । सडककाे मापदण्ड पूरा गर्ने र विवाद भएको ठाउँमा विवाद मिलाउने क्रमामा वडा अध्यक्ष बिष्टसहितको टोली सडक निर्माणकाे उद्घाटन गर्न पुगेका थिए ।विवाद भएको ठाउँमा मिलाउदै जाने क्रममा मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत कार्कीकाे घर अगाडि पुगेपछि कार्किले त काे हाेस भन्दै अध्यक्ष विष्टले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा हातपात गरेको देखिन्छ ।

कार्कीले आफ्नो घरकाे गेट सडकमा पर्ने गरि निर्माण गरेकाे देखिन्छ । गेटका कारण बाटाेकाे मापदण्ड अनुसार नभएपछि अध्यक्ष बिष्ट लागाएका जनप्रतिनिधि र समुदायले गेट सार्नु पर्ने बताएका थिए । तर घरधनी कार्किले दादागीरी शैलीमा म दिन्न त काे हाेस भनेका थिए । अध्यक्ष बिष्टले विवाद नमिले सम्म यहाँ काम नगर्ने जावफ दिए पछि कार्कीले हात हालेकाे स्रोतले जनाएको छ ।

केही स्थानियले भनें, “विकास पनि चाहिने, निकास पनि नदिने” भन्दै अध्यक्षमाथि हातपात गरेको बताएका छन् ।

अहिले कार्कीको स्थानिय लगायतले चर्को बिरोध गरेका छन् । भनें, अध्यक्ष विष्टमाथि हातपात गरिएको भन्दै कार्की विरुद जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिइएको छ ।