भेरिगंगामा निशुल्क महिला स्वास्थ्य शिविर, दोस्रो दिन १०७२ जना लाभान्भित

फागुन १९, सुर्खेत । पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा संचालित निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर को दोस्रो दिन १०७२ जनाले सेवा लिएका छन्। भोलि फाल्गुन २० गते १,२,३ नम्बरका महिला हरुले सेवा पाउने छन। शिविरमा बिरेन्द्रनगर बाट १२ जना महिला सेवा लिन आएको बताइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको आयोजनामा आज सुरु भएको निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविर भेरिगंगा नगरपालिकाको छिन्चु स्वास्थ्य चौकीमा बिहान १० बजे दखि सुरु भएको हो। निःशुल्क महिला स्वास्थ्य शिविरमा भेरिगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,उपमेयर धनसरा बोहोरा, पूर्व उपमेयर रेणु आचार्य ,भेरिगंगा १२ का पूर्व वडा अध्यक्ष हरि कडेल,बिभिन्न वडा का वडा अध्यक्ष हरु, वडाका वडा अध्यक्ष,नेपालि कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का,सुर्खेत जिल्ला उपसभापति बिष्णु खड्का,क्षेत्रीय सभापति झग बहादुर डाँगी लगाएत विभिन्न शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो। बिहान १० बजे देखि सुरु बहेको शिविर बेलुकी अबेर सम्म संचालन भएको थियो ।