वीरेन्द्रनगरकाे लाटिकाेइली सडक खण्ड सुचारू गर्न कबुलियतनामा कागज

फागुन १९, सुर्खेत । विभिन्न समय विवादित रहेकाे वीरेन्द्रनगरकाे मंगलगढी देखि काँकेविहार सडक खण्ड बनाउनका लागि कबुलियतनामा गरिएकाे छ । लामाे समय देखी बिभिन्न प्रकारका बिबादकाे कारण देखाउदै ठेकेदार कम्पनीले बाटाे बनाउने काम बन्द गर्ने गरेका कारण स्थानियकाे डेलिगेशनमा याे कागज बनाइएकाे हाे ।

वीरेन्द्रनगर नगरपालिका–९ काे मंगलगढी–काँकेविहार सडक खण्ड पिचकाे लागि अम्मर–सिस्ने–नेपाल मेगा जे. भी. ले ठेक्का लिएकाे थियाे । तर काम नगरी पटक पटक काम राेकिदिएपछी बिराेध स्वरूप स्थानियले बाटाे बन्द गरेर बिराेध गरेका थिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल सहभागी छलफलमा ठेकेदार कम्पनीका तर्फबाट अाएका विवेक शाहीले तत्काल काम संचालन गर्ने सहमती गरेपछी कबुलिएत नामा गरिएकाे थियाे । यदी तत्काल काम सुरू नगरे धराैटी बापतकाे रकम जफत हुने कबुलियतनामा कागजमा उल्लेख गरिएकाे छ ।