कर्णाली प्रदेशले गर्‍यो आफ्नै प्रयोगशालाको स्थापना

फागुन १९, सुर्खेत । कर्णाली प्रदेशको आफ्नै प्रयोशाला स्थापना भएको छ ।

शुक्रबारदेखि प्रदेशले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

प्रदेशमा प्रयोगशाला नहुँदा विभिन्न समस्या व्यहोर्नुपर्ने परेको थियो । जसले गर्दा जुनसुकै रोगको परीक्षण गर्न प्रदेश बाहिर पठाउनुपर्ने बाध्यता थियो । तर, अब भने परीक्षणका लागि सहज हुने भएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाइ गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।