कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउँछौ : प्रचण्ड

दाहल ‘’ले चुनावपछि कणर्ालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कणर्ालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको बतायका छन ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहल भने,‘कणर्ाली माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक चाहन्छौं कि संघमा पनि प्रदेशमा दुबैमा सन्तुलित तरिकाको तालमेल होस् । हाम्रो कणर्ालीको प्रभाव र जनमत अनुसार नै तालमेल हुने गरी अघि बढ्ने तयारी भइरहेको छ ।’

प्रचण्डले ०७४ मा एमालेसँग तालमेल गर्दा कणर्ालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’

अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको पनि बताए । ‘सायद केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्दै छ,’उनले भने,‘ चुनावमा घोषणापत्र एउटै हुने तर्फ हाम्रो प्रयास भइरहेको छ । यद्यपि चुनाव चिन्ह भने आ-आफ्नै हुने बताए छन ।’