
काठमाडौं–

सरकारले जेठ २५ गते दुवै सदनको संयुक्त बैठकमार्फत पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै लालबाबु पण्डितले बजेट व्यावहारिक नभएको टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले काठमाडौंदेखि चितवन एक घण्टामा झुन्डिएर जानु हुन्छ भन्दै प्रश्न सोधेका छन् ।

‘‘काठमाडौंबाट चितवन एक घण्टामा के हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ? के भन्न खोजेका हो ? कति पैसा छुट्ट्याएको छ ? योजना के हो ? हावादारी हिसाबले प्रस्तुत भएर अनि यही नै ठीक, यही नै सत्य हो भन्ने हो भने के भन्न सकिन्छ ?’उनले प्रश्न गरेका छन् ।
उनले बजेटप्रति जनताहरु खुसी नभएको बताएका छन् । ‘यो बजेटमा जनताहरुको जुन खुसीयाली, उत्साही र भरोसा हुनुपर्ने हो त्यो छैन,’ पूर्वमन्त्री लालबाबु पण्डितले भने, ‘वित्तिय लगानी, विकास खर्च घटाएर समृद्धि आउँछ र यसले जनताहरु खुसी हुन्छन् भन्ने कुरा गलत हो ।’