हेर्नुहोस् मान्म र सिजाँमा आयोजित एमालेको जनसभाका तस्बिरहरु : गठबन्धनको मुटु काप्न सक्छ

काठमाडौँ |

नेकापा एमालेले आज, दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिजामा चुनावी सभा आयोजना गरेको थियो । उक्त भिन्न भिन्नै ठाउँमा आयोजना गरिएका चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छ्न् । आज जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गरेका छ्न् ।

कालिकोटको मान्म एमाले चुनावी जनसभा

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतलगायत नेता-कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गरेका छ्न् ।

जुम्लाको सिंजामा विशाल चुनावी सभा गरेर कालिकोटको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधनका लागि पुगेका थिए ।

कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नुहुनेहरूलाई अध्यक्ष ओलीले स्वागत गरेका छ्न् ।

जुम्ला सिजामा आयोजना गरिएको नेकपा एमालेको चुनावी सभा

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेता–कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।


हेर्नुहोस् जनसभाका तस्बिरहरु :

​​​​​​​