औंला पड्काउने बानी छ ? जानिराखौं औंला पड्काउँदा के हुन्छ ?

Image : https://st4.depositphotos.com/2956755/30951/i/450/depositphotos_309510088-stock-photo-close-up-of-woman-in.jpg

कहिल्यै याद गर्नुभएको छ औंला पड्काउँदा आवाज किन आवाज आउँछ भनेर ? अनि औंला पड्काउँदा के हुन्छ भने जान्नु भएको छ ?

एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो । वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएका छ्न् । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका हुन् ।

यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन् ।

एजेन्सीको सहयोगमा