Search
Generic filters

पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने

भदौं २१, नवलपरासी पूर्व | किशोरी बलात्कारको अभियोगमा नायक पल शाह(पूणर्विक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति भर्नुपर्ने सजाय सुनाएको छ ।

जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो ।

अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् । शाह निर्दोष भएको दाबी गर्दै उनका पक्षबाट बहस गरेका अधिवक्ताले किशोरीले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको बयान दिएकाले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए ।

बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन् । त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो ।

पल शाहविरुद्धको बाँकी मुद्दाको सुनुवाइ आज हुने
भदौं, २ काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो । आज सुनुवाइको...
पुरा पढ्नुहोस् ..
अनुसन्धानकालागी पल शाहलाई लागि गैंडाकोट लगियो
file photo काठमाडौं । जवरजस्ति करणि मुद्दामा पक्राउ परेका पल शाहलाइ अनुसन्धानकालगी पुर्वि नवलपरासीकाे गैंडाकाेटमा लगीएकाे छ । पल शाह विरूद्द जिल्ला प्रहरी कार्यलय पुर्वि नवलपरासिमा पनि ति किसाेरीले जाहेरी...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters