Search
Generic filters

हलनै नभएको जुम्लामा ‘प्रकाश’को प्रिमियर हुने

नेपालको दुर्गम ठाउँ मानिने जुम्लामा पहिलो पटक नेपाली फिल्मको प्रिमियर हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्लामा सिनेमा हल नभएकाले गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।

‘यो फिल्मको छायांकन जुम्लामै भएको हो । स्थानीय दर्शकहरूले आफ्नोपन महसुस गर्छन गर्दैनन् ? फिल्ममा यथार्थसँग नजिक छ छैन भन्ने थाहा पाउन जुम्लामा प्रिमियर गर्न लागेका हौं,’ निर्देशक राउतले भने ।

प्रिमियरका लागि लेखक विकास सुवेदी सहितको टिम शनिबार जुम्ला जाँदैछन् । भदौ १० गतेदेखि प्रदर्शन हुने फिल्मको काठमाडौंमा भदौ ८ गते बुधबार प्रिमियर हुनेछ ।

एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरिएको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।

महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters