Search
Generic filters

मिरूना मगरलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ छुटे धरौटीमा

“कबड्डी-४” की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका युवक धरौटीमा छुटेका छ्न् ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएपछि युवक रिहालाई रिहा गरिएको हो ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्। उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।

उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो । मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए।

भिक्षुसमेत रहेका तामाङलाई नि:शर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो।

कबड्डी-४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters