Search
Generic filters

कबड्डीको कीर्तिमान, पहिलो दिनै साढे तीन करोडको व्यापार

काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको छ ।

‘नेपाली फिल्ममा यस्तो ओपनिङ मैले देखेकै थिएन,’ हिन्दी फिल्मका वितरक मनोज राठी भन्छन्, ‘एड्भान्स बुकिङमा जुन हिसाबको भीड थियो, म त अचम्म परें । मल्टिप्लेक्समा जति शो छ, त्यसमा शतप्रतिशत अकुपेन्सी छ ।’ यसलाई घरेलु फिल्मको शक्ति ठान्छन् उनी । ‘विदेशी फिल्मले नेपाली चल्न दिएन भनेर रोइकराइ गर्छन् । हिन्दी डब ल्याउनु भएन भन्छन्,’ राठीले भने, ‘यस्तो फिल्मले विदेशी फिल्मलाई पाखा लगाइदिँदो रहेछ । राम्रो फिल्म बनायो भने हिन्दी फिल्म नै आउँदै नि ।’ कोभिडपछि प्रदर्शनमा आएका पुष्पा, केजीएफ र आरआरआरले कबड्डी जतिको व्यापार नगरेको उनले बताए ।

राठीले उपत्यकाबाहिरको वितरण हेरेका छन् । फिल्मले मोफसलबाट पहिलो दिन डेढ करोडको व्यापार गरेको उनको अनुमान छ । ‘कबड्डी ४’ का अर्का वितरक गोविन्द शाहीका अनुसार फिल्मले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो प्राप्त गर्‍यो । यसअघि १ सय ५ शो दिएकामा पछि बढाएर १ सय ७ पुर्‍याइएको हो । यो संख्या आइतबारसम्म बढ्ने देखिन्छ । फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन गरिएको शाही बताउँछन् । उनका अनुसार आइतबारसम्म लगभग सबै टिकट ‘सोल्डआउट’ भइसकेका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters