Search
Generic filters

आठ वर्षअघि बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

बलात्कार आरोपी मनोज पाण्डे

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका

सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

उनमाथि प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ।

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

उनमाथि प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।

‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’

यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

बिहान घर जाने बेलामा ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।

पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।

उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।

यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन् । सेतोपाटी बाट

मनोज पाण्डे विरुद्ध दुईवटा मुद्दा दर्ता, १८ वर्ष कैद सजाय गर्न माग दाबी
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेवरिुद्ध जल्लिा अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबखिन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरएिको जल्लिा सरकारी वकलि कार्यालयका...
पुरा पढ्नुहोस् ..
काठमाडौँमा पिडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी
काठमाडौँ ।सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छिन् । पीडित युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-०६४...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters