Search
Generic filters

लक्ष्मण चौलागाईको कविता : त्यो केदार त मर्यो होला !

हरेक वस्तीबाट विद्रोहका मसाल बलिरहदा
सेना र पुलिसको नाम सुन्दा तर्सिने गाउबाट
एउटा् ओठ निचोर्दा दूध निक्लेला जस्तो बालक
मुक्ती,क्रान्ती र आम जनताको साझा सपनार्थ
डरलाग्दो संकटकालमा युद्ध मोर्चामा होमियो

काभ्रेमा कमरेड अनिसहरु मारिएको दिन थियो
अबेलाजस्तै स्कूलबाट फर्किदा एउटा घर भित्र
एउटा मान्छे भन्दै थियो
काभ्रेमा फलानाहरु मारिएछन्
त्यो केदार पनि मर्यो होला है

केदारको मृत्युको कामना गर्नेको
अनावश्यक चासो जब सुनें
कुनै दिन जवाफ दिउँला
अनि म चुपचाप आफ्नो गन्तव्य घर तिर लागें

केदार मारिएको रहेनछ
केदार त सेनाले पक्राउ गरि कालकोठरीमा
पासविक यातना पिउँदै रहेछ
सुन्दरिजलमा मार्न लग्दा अर्को लट मार्ने भनेर फर्काइएको कारण
हिजो केदार मारिएन
केदार प्रसन्न भएर
चाहिँ अर्ध घायल अवस्थामा
आयो

तर आज केदारको मृत्युको कामना गर्नेहरु नेता भए
जनताको सुदिन ल्याउन हिडेका जनताका मुक्तिका हिमायती प्रसन्नहरु अर्थात् केदारहरु
दलाल सत्ताको दास भए !!

अहिले हिजो केही योगदान नभएकाहरुको
राज र रजाइँ तिब्र छ
नातावाद ,कृपावाद र भोलेवादका आफन्तवाद हावी भएको छ

शहीदको नाममा फाइदा लुट्नेहरु जन्माएको छ
योगदान र बलिदानलाई सुसु गर्ने गद्दारको युग
अभिषाप सिद्द छ
यो अभिशापतन्त्रलाई कमजोर बनाउन पनि भोट रिजेक्ट गरिनुपर्छ !!

केदारको मृत्युको कामना गर्नेहरुलाई कमरेड भनेर सम्बोधन गर्दा मेरो जिब्रो टुक्रा टुक्रा भएको महशुस हुन्छ
कमरेड शब्दको घोर दुरुपयोग हुने शहीदको बलिदानको व्यापार हुने देशमा
क्रान्ती ,समृद्दी दिनहुं बलात्कृत हुन्छन्
विकास ,सुशासन दिनहुँ काटिन्छन्

कारण केदारहरुको मृत्युको कामना गर्नेहरु
योगदान बलिदान र कम्युनिस्ट नबुझेकाहरु
जसलाई कमरेड सम्बोधन गरेर भोट दिनु
महान शहीदको अपमानमाथी अपमान गर्नु हो

हिजो प्रत्येक्ष युद्ध लडेकालाई स्थान बिहिन
नातावादको रोगले माओवादका बिरोधीहरुलाई
आज एकैछिनमा टीका लगाएर कमरेड बनाइदिने
टिकेवादको टिको रगतले नै पखाल्ने छ !!

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सिन्धुपाल्चोकका लक्ष्मण चौलागाई समसामयिक बिषयमा तथा साहित्यमा कलम चलाउनु हुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters