Search
Generic filters

भुवन र झरनाको गुनासो – सरकारले नेपाली फिल्मलाई मायालु नजरले हेरेन

झरना थापा र अभिनेता भुवन केसी

काठमाडौं । अहिले नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबंग चलिरहेको छ । हप्तैपिच्छे बलिउड, हलिउड र दक्षिण भारतीय फिल्म रिलिज भइरहेका छन् ।

ठूलो लगानीमा निर्माण भएका फिल्मसामु कम बजेटका नेपाली फिल्म जुध्नु पक्कै राम्रो पक्ष होइन । विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई चिन्तित बनाईरहेको छ ।

बिहीबार बेलुका ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो चिन्ता पोखियो ।

भुवनले नेपाली फिल्मलाई सरकारले मायालु नजरले नहेरेको बताए । ‘हामीलाई विदेशी फिल्मले नेपाली संस्कृति, पर्यटन र फिल्मलाई डोमिनेट गरेको महसुस भएको छ,’ भुवनले भने, ‘नेपाली फिल्मलाई हेर्ने सरकारी नीति नै मायालु छैन ।’

निर्माता सुनिलकुमार थापाले १०० करोडमा बनेका भारतीय फिल्मसँग तीन करोडमा बनेको नेपाली फिल्म जुध्नु विडम्बनापूर्ण भएको बताए । उनले यो कुरा बुझाउन नेपाल र भारतबीचको फुटबल खेलको सहारा लिए । ‘हलमा नेपाल र इण्डियाको फुटबल म्याच हुँदैछ,’ उनले भने, ‘उसले एक गोल हान्छ भने हामी दुई गोल फर्काउँछौं ।’ नेपाली संस्कृति र नेपालीको इज्जत बढाउने ढंगले फिल्म बनेको उनको तर्क थियो ।

निर्देशक झरना थापाले यस्तो समयमा नेपाली फिल्मका निर्माता एकजुट हुनुपर्ने बताइन् । ‘हामीले बनाएको फिल्मले मन छुन्छ भने सबैले प्रमोट गरिदिनुपर्‍यो । नराम्रो छ भने नराम्रो भन्दिनुहोला । यतिबेला हामीबीच एकताको आवश्यकता छ,’ उनले भनिन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters