डलरको भाउ हालसम्मे कै उच्च

अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ ।

यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १० पैसा र बिक्रीमा ८५ रुपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ २४ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमा ४१९ रुपैयाँ १२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ।