Search
Generic filters

सीपीसीका नेता ली काठमाडौँ आइपुग्दै, बेलायती महारानीको शोक सकिएलगत्तै भतेर

भदौ २७, सुर्खेत । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्स सोमबार नेपाल आइपुग्दै छन् । ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा सभामुख अग्नि सापकोटाले स्वागत गर्ने कार्यक्रम छ ।

लीको नेपाल भ्रमणका क्रममा दुई देशबीचका संसदीय तहमा सहकार्य भ्रमण आदान-प्रदान सम्बन्धमा सम्झौता हुने सचिवालयका एक पदाधिकारीले जानकारी दिए । अध्यक्ष ली सोमबार दिउँसो करिब साढे ३ बजे सय जनाको हाराहारीमा उच्चस्तरीय टोलीसहित काठमाडौंमा उत्रन लागेका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र मानिन्छन् ।

लीको सुरक्षाको लागि सरकारले विशेष व्यवस्था समेत मिलाएको छ । ली र सभामुख सापकोटाबीच सोमबार ५ बजे भेटवार्ता हुनेछ । ६ बजे उनीहरुबीच सम्झौतामा हस्ताक्षर र साढे सात बजे ली सहितको टोलीलाई सोल्टी होटलमा डिनर दिने कार्यक्रम छ । यसैबीच सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको शोक अवधि सकिएको सरकारले जानकारी दिएको छ । पाँच बजे शोक सकिएपछि साढे ७ बजे डिनर दिन लागिएको हो ।

भ्रमणको दोस्रो दिन मंगलबार बिहान अध्यक्ष लीले नयाँ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने छन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा-छुट्टै भेट्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले भने मंगलबारै सोल्टी होटलमा भेटवार्ता गर्नेछन् ।

त्यसपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्न बालुवाटार पुग्ने छन् । भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेर बिहीबार स्वदेश फर्कने छन्

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

प्रकाश काफ्ले सुर्खेतबाट लाईका खबरका पत्रकार हुनुहुन्छ । उहाँ समसमायिक र राजनीतिक बिषयमा कलम चलाउनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters