युक्रेन छोडेर आउने नागरिकलाई रुसले प्रतिमहिना १० हजार रुबल पेन्सन दिने : पुटिन

भदौे १२,सुर्खेत । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेन छोडेर आउने नागरिकलाई प्रत्येक महिना पेन्सन उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

योजनाअनुसार १८ फेबु्रअरी पछि युक्रेन, डोनेत्स्क र लोहान्स्कका छोडेका नागरिकलाई १० हजार रुबल अर्थात् १ सय ७० अमेरिकी डलर प्रति महिना उपलब्ध गराइनेछ । शारीरिक रुपले अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त योजनामा समावेश गरिने राष्ट्रपति पुटिनले बताउनुभयो ।

तर, युक्रेन भने ती क्षेत्रमा आफ्नो बर्चस्व फिर्ता गर्ने प्रयासमा जुटिरहेको छ । यता, रुसको यस योजनाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन् ।