Search
Generic filters

राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित, नेपालले केहि गरेन

Russia suspended from UN Human Rights Council, Nepal remains neutral

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा बहुमत राष्ट्रले मतदान गरेपछि डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो ।

रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए । ५८ मुलुक तटस्थ बसेका थिए ।

मतदानमा नेपाल पनि तटस्थ बसेको छ । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो ।

नेपालका दुई छिमेकीमध्ये भारत तटस्थ बसेको थियो भने चीनले प्रस्तावको विपक्षमा मत दिएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ । यसअघि सन् २०११ मा सरकारविरोधी प्रदर्शनकारीमाथि चरम दमन गरेको भन्दै लिवियालाई निलम्बन गरिएको थियो ।

अहिले युक्रेनमाथिको आक्रमण गरिरहेको रूसलाई युक्रेनमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको हो ।

मतदानअघि रूसले प्रस्तावको पक्षमा मतदान गर्ने वा तटस्थ बस्ने कुरालाई आफूले राम्रो सन्देशका रूपमा नलिने बताएको थियो ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters